खोटाङमा निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई
खोटाङ । २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लङ्घन भए/नभएको अनुगमन गर्न दुईजना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे/नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।
अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे/नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए ।
“आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरू प्रतिबद्ध रहनुभएको छ”, उनले भने, “कोही कसैले निर्वाचन आचारसंहिता उलङ्घन गरेको खण्डमा अनुगमन अधिकृतले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोगले जिल्ला अनुगमन समितिलाई दिएको क्षेत्राधिकारभन्दा बाहिरका अर्थात् ठूला घटना भएको खण्डमा माथिल्लो निकायमा सिफारिस गरिन्छ ।”
अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए÷नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए÷नभएको विषय अनुगमन गर्नेछन् ।
निर्वाचन आचारसंहिताअनुसार सवारी साधनको प्रयोग भए/नभएको, घोषणापत्र सार्वजनिक गरे/नगरेको, निर्वाचन प्रचारप्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएको, निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेको लगायतका विषयमा अनुगमन गर्नेछन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले गत माघ–४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा ल्याइसकेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका हुन् ।
दश स्थानीय तह रहेको जिल्लाबाट डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आगामी निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले दिएको जानकारी अनुसार आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण