अपराजित आर्सनलः लगातार आठौँ जितसँगै तालिकाको पहिलो स्थानमा कायमै
सारांश
- आर्सनलले च्याम्पियन्स लिगमा काइरातलाई ३-२ गोलले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो।
- भिक्टर ग्योकेरेस, काइ हाभर्ट्ज र गाब्रिएल मार्टिनेलीको गोलले आर्सनललाई जित दिलायो।
- जितसँगै आर्सनलले समूह चरणका ८ खेल जितेर २४ अंकसहित शीर्ष स्थान कायमै राख्यो।
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा आर्सनलले काइरातलाई ३–२ गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । यो जितसँगै आर्सनलले समूह चरणका सबै ८ खेल जित्दै २४ अंक जोडेर तालिकाको पहिलो स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ ।
खेलको सुरुवातदेखि नै आर्सनल आक्रामक रूपमा प्रस्तुत भयो । दोस्रो मिनेटमै भिक्टर ग्योकेरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि १५ औँ मिनेटमा काइ हाभर्ट्जले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए । ३६ औँ मिनेटमा गाब्रिएल मार्टिनेलीले अर्को गोल थप्दै पहिलो हाफमै आर्सनललाई ३–१ को आरामदायी अवस्थामा पुर्याए ।
काइरातले पनि खेलमा संघर्ष देखायो । ७ औँ मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए भने इन्जुरी समय रिकार्डिन्होले गोल गर्दै खेललाई थप रोचक बनाए । तर त्यो गोल काइरातका लागि पर्याप्त हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण