आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
भारत । भारतीय राज्य आन्ध्र प्रदेशका अधिकारीहरूले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारी गरेका छन् । दक्षिणी राज्य आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै सरकारले बालबालिकाहरुलाई सामाजिक सञ्जालमा प्रतिबन्द गर्ने निर्णयकाे तयारी गरिएकाे जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालप्रति विश्वास बिग्रँदै गएको बताउँदै बालबालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको चेतावनी दिएका छन् । उमेर र उपयुक्त पहुँच लागू गर्न कानुनी उपकरणहरूमा अध्ययनको आदेश दिएको पनि उनले जनाएका छन् ।
सरकारी तथ्याङ्कअनुसार विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा लगभग एक अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन् जसमा सबै सहर र ९५ प्रतिशत गाउँहरू जोडिएका छन् । आन्ध्र प्रदेशका अधिकारीहरूले मेटा, गुगल, एक्स र सेयरच्याट लगायत प्रमुख प्लेटफर्महरूलाई विश्वव्यापी उत्तम अभ्यासहरूबारे छलफल गर्न र मूल्याङ्कन गर्न सुझाएको लोकेशले बताएका छन् ।
यो कदम पश्चिमी भारतीय राज्य गोवामा यस्तै छलफलपछि आएको हो, जहाँ अधिकारीहरूले बालबालिकाका लागि प्रस्तावित सामाजिक सञ्जाल प्रतिबन्धको वैधानिकता खोजिरहेका थिए ।
लोकेशले महिलाको अनलाइन सुरक्षाको बारेमा पनि चिन्ता व्यक्त गर्दै धेरैले निरन्तर अनलाइन दुर्व्यवहारको सामना गरिरहेकाे बताउँदै यसलाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
वार्षिक आर्थिक सर्वेक्षणले बालबालिकाको स्क्रिन समयबारे राष्ट्रिय दिशानिर्देशहरू सिफारिस गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गरेको छ । उमेरमा आधारित पहुँच सीमाहरूमा नीतिहरू विचार गर्न सकिने बताउँदै युवा प्रयोगकर्ताहरू बाध्यकारी प्रयोग र हानिकारक सामग्रीको बढी जोखिममा रहेको सर्वेक्षणले जनाएको छ ।
पछिल्लो समयमा नाबालिगहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानबिन बढेको छ । अष्ट्रेलियाले सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाएको छ भने डिसेम्बर– १६ मा फ्रान्सेली सांसदहरूले यसै हप्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेका छन् ।
धेरै अन्य देशहरू साथै युरोपेली सङ्घले पनि यस्तै कदमहरूबारे विचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण