निष्पक्ष निर्वाचन हुनेमा विप्लवको आशङ्का
काठमाडौँ । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी फागुन २१ गतेकाे प्रतिनिधि सभा निर्वाचन निष्पक्ष हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले निष्पक्ष निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका हुन् । सरकारले विगतमा भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेकोप्रति उनले आक्रोश पोखे ।
‘चुनाव निष्पक्ष हुने देखिँदैन । ठुलठुला षड्यन्त्र भइरहेका छन् । हामीसँग भएको तीन बुँदे किन लागु भएन ? केहीलाई लागेको होला विप्लव निर्वाचनमा डराएर रोल्पा गएन । केही साथीहरू त्यही देखेर नै पार्टी छोडे होलान्’, उनले भने, ‘हाम्रो एउटा अठोट छ । कमरेड प्रकाण्डको नेतृत्वमा हामीले १३० स्थानमा उम्मेदवारी दिएका छौँ । जनताले बुझेछन् भने बहुमत ल्याउँला । यो पटक जित्न सकिएन भने एक माघले जाडो जाँदैन । १० वर्ष २० वर्ष पनि सङ्घर्ष गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण