स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : दाहाल
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रत्यक्षतर्फ आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।
स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरु पहिलो हुने उनको दाबी छ । उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरुको हावा चलेकोले केही कमजोर हुने बताए । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताए ।
यद्यपि निर्वाचन भाँड्न केही तत्वहरु अझै सक्रिय रहेको उनको भनाइ छ । संयोजक दाहालले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताए । उनले देश निर्वाचनमय भइसकेकोले संसद् पुनःस्थापना हुने सम्भावना अब नरहेको दाबी गरे । अब हुने एउटै विकल्प निर्वाचन मात्रै भएको उनको भनाइ छ । उनले निर्वाचनप्रति प्रश्न उठाउने दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेको बताए । सुरक्षा संयन्त्र, कर्मचारी र सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढंगले प्रभावित पार्ने प्रयास गरिरहेकोले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उनले बताए । उनले भने, ‘मानिसहरु अझै पनि चुनावको बारेमा के होला, कसो होला भन्ने प्रश्न मनमा राखेकै छन् अझै पनि । कोही कोही अझै पनि संसद पुनर्स्थापना हुन्छ कि भन्ने पनि छन् । तर हाम्रो पार्टी र मैले केही हुँदैन, अब हुने एउटै चिज हुन सम्भव छ, त्यो निर्वाचन हो । निर्वाचनले मात्रै जनताको पहलकदमीलाई जनताले अनुमोदन गरेको कुराले वैधानिकता पाउन सक्छ, अरु कुनै कुराले पाउन सक्दैन । हामीलाई के लागेको छ भने यो पटक स्वच्छ, निष्पक्ष, धाँदलीरहित र हाम्रा सुरक्षाकर्मीहरु सेना, पुलिस, सशस्त्र सबैले निष्पक्ष रुपमा काम गर्ने हो भने नेपाली कम्युनिष्ट पार्टी देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना छ ।’
संयोजक दाहालले रुकुम पूर्वको लागि चुनावी प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन् । उनले भारतको सीमाना कोइलावासदेखि चीनको सीमा तिब्बतसम्म जोड्ने मार्ग, चुनवाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, रुकुमको फलाम खानी उत्खनन, सबै वडामा वर्षभर सवारी चल्ने गरी सडक स्तरोन्नति, जडिबुटी प्रशोधन केन्द्र स्थापना तथा खाम मगर क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउने प्रतिवद्धता जनाए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण