मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ र झापामा लाखौँ बराबरको चोरी

शुक्रबार, १६ माघ २०८२, २० : ३३
शुक्रबार, १६ माघ २०८२

सारांश

  • काठमाडौं र झापाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध चोरीका घटनाहरू भएका छन्।
  • काठमाडौंको डिल्लीबजार र नागार्जुन नगरपालिकाबाट लाखौँको धनमाल चोरी भएको छ।
  • झापाको अर्जुनधारा नगरपालिकामा ८ लाख बराबरको धनमाल चोरी भएको छ, चोरहरूको खोजी भइरहेको छ।

काठमाडौँ । देशका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा चोरीका घटनाहरू भएका छन्। काठमाडौँ र झापाका तीन छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्य बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

काठमाडौँको डिल्लीबजारमा डेरा गरी बस्ने बाराका राजु पटेलको कोठाबाट बिहीबार दिउँसो करिब ३ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ। त्यसैगरी नागार्जुन नगरपालिका–४ मा बस्ने रामेछापकी अन्जु खुट्टेको डेराबाट पनि ३ लाख ५९ हजार रूपैयाँ बराबरको नगद र गरगहना चोरी भएको छ।

चोरीको अर्को ठूलो घटना झापाको अर्जुनधारा नगरपालिकामा भएको छ। अर्जुनधारा–९ कालिस्थानका नारद पोख्रेलको घरबाट बिहीबार राति करिब ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले पुष्टि गरेको छ। पोख्रेलको घरबाट नगदसहित सुन र चाँदीका विभिन्न गहनाहरू गायब पारिएका छन्।

हालसम्म चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप