४५ प्रतिशत काम सकिँदा यस्तो देखियो फास्ट ट्र्याक (तस्बिरहरू)
सारांश
- तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ।
- सुरुङ र पुल निर्माण तीव्र गतिमा भइरहेको छ, जसमा सुरुङको ब्रेक थ्रु र पुल निर्माण सम्पन्न भइसकेको छ।
- फास्ट ट्र्याकले राजधानीलाई तराईसँग जोड्नेछ र यसको निर्माण २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ।
काठमाडौँ । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ ।
आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।
_kFePcfjqtz.jpg)
नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७ किमी छ ।
_zgdDowCmlo.jpg)
ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७ किमी लम्बाइको उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।
_vzA0oI0fpR.jpg)
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले द्रुतमार्ग अन्तर्गत साना तथा ठुला गरी ८९ वटा पुल निर्माण हुने जानकारी दिए । उनका अनुसार हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको जनाइएको छ ।
_G57mqAGYtP.jpg)
बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजना अन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।
_xcxLKZBmN3.jpg)
राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो द्रुतमार्ग हो । फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ ।
_itB2VxmUPB.jpg)
उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्य तराई पुग्न सकिनेछ । तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_qMQZWRLI03.jpg)
_QDFBIZfTJy.jpg)
_dSpaZueZd0.jpg)
_bJy3pmI7V6.jpg)
_roNmaCPR3p.jpg)
_gUS0owL5hp.jpg)
_fyIH0BUKZh.jpg)
_smmxNgGcQK.jpg)
_8UATqL1W3l.jpg)
_XZk2F7ysaH.jpg)
_gG0c5cAQpZ.jpg)
_aAlfbImVOh.jpg)
_8bM35LFgdR.jpg)
_pKoFuQSZb7.jpg)
_cXRFzZ2b5H.jpg)
_51QPA35auu.jpg)
_hdzzD6T0Uu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण