अमेरिका–इरान तनाव उत्कर्षमा : इरानद्वारा १ हजार ड्रोन प्रदर्शन
शनिबार, १७ माघ २०८२, १० : ५१
तेहरान । संयुक्त राज्य अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सैन्य तयारीलाई तीव्र पारेको छ । इरानले हालै आफ्नो सेनामा १ हजार स्वदेशी रणनीतिक लडाकु ड्रोनहरू समेत समावेश गरेको छ ।
साथै स्ट्रेट अफ हर्मुजमा सैन्य अभ्यासको घोषणा समेत गरेको छ । त्यहाँ इरानको इस्लामिक रिभोलुसन गार्डस् कर्प्स स्ट्रेट अफ हर्मुजमा लाइभ फायर अभ्यास गर्ने प्रेस टीभीले जनाएको छ । यी पछिल्ला घटनाक्रमहरू यसै हप्ताको सुरुमा अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत नेतृत्वको स्ट्राइक ग्रुप परिचालन गरेपछि आएका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक विशाल आर्मडा इरानतर्फ गइरहेको र तेहरानलाई सम्झौतामा पुग्न समय घर्किँदै गएको चेतावनी दिएका थिए । -सिन्ह्वाकाे सहयाेगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण