समाचार
बढ्यो इन्धनको मूल्य
शनिबार, १७ माघ २०८२, २० : ३७
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर केही रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ ।
नयाँ खुद्रा बिक्री मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
जसअनुसार बढेर आएको भए पनि हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ । त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको पनि निगमले एक सूचनामार्फत जनाएको छ । पेट्रोलको मूल्य यथावत् राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण