लिड्सलाई ४–० ले पराजित गर्दै आर्सनल फराकिलो जित
सारांश
- आर्सनलले लिड्स युनाइटेडलाई ४-० गोलले पराजित गर्यो।
- खेलको २७औं मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गरे भने एक आत्मघाती गोल पनि भयो।
- जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकामा ५३ अंकसहित पहिलो स्थानमा उक्लियो।
काठमाडौँ। प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । लिड्सको घरेलु मैदानमा भएको खेलमा आर्सनलले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै सहज जित निकालेको हो ।
आर्सनलका लागि खेलको २७ औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३८ औँ मिनेटमा लिड्सका गोलरक्षक कार्ल डार्लोबाट आत्मघाती गोल भएपछि आर्सनलले पहिलो हाफमै २–० को स्पष्ट अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि आर्सनलको दबदबा कायमै रह्यो । ६९औँ मिनेटमा भिक्टर जियोकेरेसले तेस्रो गोल थपे भने खेलको ८६औँ मिनेटमा गाब्रिएल जिससले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।
यस जितसँगै आर्सनलले २४ खेलबाट ५३ अंक जोड्दै प्रिमियर लिगको अंक तालिकाको पहिलो स्थानमा आफ्नो स्थान मजबुत बनाएको छ । आर्सनलले हालसम्म २४ खेलमध्ये १६ खेलमा जित निकालेको छ ।
पराजित लिड्स युनाइटेड भने समान २४ खेलबाट जम्मा २६ अंकमा सीमित रहँदै तालिकाको तल्लो भागमै संघर्षरत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण