मेयर हुँदा महानगर राम्ररी चलाउन नसक्नेले देशको नेतृत्व गर्छु भन्नु हास्यास्पद: प्रभु साह
सारांश
- पूर्वमन्त्री प्रभु साहले महानगरको जिम्मेवारी राम्रोसँग निभाउन नसक्नेले देशको नेतृत्व दाबी गर्नु प्रश्नयोग्य भएको बताए।
- उनले निर्वाचनमार्फत देश परिवर्तन र सुधारको लागि असल विकल्प रोज्नुपर्ने र जनतालाई सचेत रहन आग्रह गरे।
- साहले काठमाडौँ महानगरको नेतृत्वमाथि प्रश्न उठाउँदै पर्याप्त बजेट भए पनि अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको टिप्पणी गरे।
धनकुटा । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महानगरको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न नसक्ने व्यक्ति देशको नेतृत्व दाबी गर्नु स्वाभाविक रूपमा प्रश्नयोग्य हुने बताएका छन् ।
शनिबार धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै साहले देश परिवर्तन र सुधारको चरणमा रहेको भन्दै त्यसका लागि निर्वाचन नै मुख्य माध्यम भएको बताए । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने वा वर्तमान सत्ता लम्ब्याउने कुनै पनि प्रयासलाई जनताले स्वीकार नगर्ने चेतावनी दिए ।
उनले वर्तमान राजनीतिक गतिविधिहरूलाई जनताले नजिकबाट नियालिरहेको उल्लेख गर्दै निर्वाचनमार्फत असल विकल्प रोज्नुपर्ने धारणा राखे । साहले यो निर्वाचनलाई परिवर्तनको संघर्षका रूपमा प्रयोग गर्नुपर्ने भन्दै जनतालाई सचेत र सजग रहन आग्रह गरे ।
साहले केही चर्चित राजनीतिक पात्रहरूले देशलाई स्पष्ट दिशा दिन नसक्ने दाबी गर्दै ती पात्रहरू पहिले नै परीक्षण भइसकेको बताए । उनले नयाँ विकल्पको नाममा पुनः जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वको प्रसङ्ग उठाउँदै साहले पर्याप्त बजेट हुँदाहुँदै पनि अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको टिप्पणी गरे । महानगरको पुँजीगत खर्च सन्तोषजनक नभएको, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिन नसकेको तथा करको तुलनामा सेवा कमजोर रहेको उनको भनाइ थियो ।
उनले महानगर नेतृत्वले जनतासँगको प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्व जनमुखी र जबाफदेही हुनुपर्नेमा जोड दिए ।
आम जनता पार्टी गठनदेखि नै आफूले जनताको आवाज उठाउँदै आएको उल्लेख गर्दै साहले आगामी निर्वाचनमा भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा भएका र सेवा भावका साथ काम गर्ने प्रतिनिधि संसद्मा पुग्नुपर्ने बताए ।
धनकुटा ऐतिहासिक रूपमा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै उनले जनताको सेवा गर्न सक्ने प्रतिनिधि छनोट गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण