वेस्ट ह्यामविरुद्ध चेल्सीको रोमाञ्चक जित
आइतबार, १८ माघ २०८२, ०१ : २२
सारांश
- शनिबारको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-२ गोलले पराजित गर्यो।
- वेस्ट ह्यामले सुरुमा २-० को अग्रता लिएको थियो, तर चेल्सीले दोस्रो हाफमा पुनरागमन गर्यो।
- चेल्सीका लागि जोआओ पेड्रो, मार्क कुकुरेल्ला र एन्जो फर्नान्डेजले गोल गरे।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–२ गोलले पराजित गरेको छ ।
खेलको ७औँ मिनेटमै जारोड बोएनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा क्रिसेन्सियो समरभिलले अर्को गोल थप्दै वेस्ट ह्यामलाई २–० को बलियो स्थितिमा पुर्याए ।
तर दोस्रो हाफमा चेल्सीले शानदार पुनरागमन गर्यो । ५७औँ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीको खाता खोले । ७०औँ मिनेटमा मार्क कुकुरेल्लाले बराबरी गोल गरे। अतिरिक्त समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए ।
यो जितसँगै चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण