सङ्खुवासभामा खुकुरी प्रहार गरी छिमेकीको हत्या
आइतबार, १८ माघ २०८२, १२ : ०९
सङ्खुवासभा । आपसी विवादका क्रममा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सङ्खुवासभाको चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँका ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन्।
शनिबार दिउँसो दुई पक्षबिच भएको सामान्य भनाभनले उग्र रूप लिँदा शिव कुमारले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको चोटका कारण लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने अभियुक्तलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण