अब वीरेन्द्र सभागृहमा बस्नेछ कोशी प्रदेशसभा, महानगरलाई मासिक ८ लाख भाडा तिर्नुपर्ने
सारांश
- विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबीच कोशी प्रदेशसभा सञ्चालनका लागि सम्झौता भएको छ।
- सम्झौता अनुसार वीरेन्द्र सभागृहलाई प्रदेशसभा बैठकस्थलका रूपमा प्रयोग गरिनेछ, जसको भाडा मासिक ८ लाख रूपैयाँ तोकिएको छ।
- गत भदौमा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक सञ्चालनमा समस्या आएको थियो।
विराटनगर । कोशी प्रदेशसभा सञ्चालनका लागि विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबिच आइतबार औपचारिक सम्झौता भएको छ। महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहलाई प्रदेशसभाको बैठकस्थलका रूपमा प्रयोग गर्ने गरी दुई पक्षबिच करार सम्झौता भएको हो।
विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरे। सम्झौता अनुसार माघ १८ गतेदेखि आगामी २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि सभागृह प्रयोग गरिनेछ। यसबापत प्रदेशसभा सचिवालयले महानगरलाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ भने प्रचलित कानुन अनुसार लाग्ने अन्य कर समेत सचिवालयले नै व्यहोर्ने उल्लेख छ।
गत भदौ २४ गते 'जेनजी' आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएर पूर्ण रूपमा ध्वस्त भएपछि बैठक सञ्चालनमा समस्या हुँदै आएको थियो। यसअघि मोरङको कटहरीस्थित तरकारी बजारको भवनमा बैठक बस्ने तयारी गरिए पनि पूर्वाधार अभावका कारण सम्भव हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण