राष्ट्रिय लिग : त्रिभुवन आर्मी र ब्वाइज युनाइटेड विजयी
काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले एक तथा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । श्री भगवतीका तर्फबाट एक मात्र गोल अजित लामाले गरेका थिए । जितसँगै ५ खेल खेलेको आर्मीको ११ अङ्क भएको छ भने समान खेल खेलेको श्री भगवतीको ४ अङ्क रहेको छ ।
त्यस्तै आइतबार नै भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे ।
जितसँगै ५ खेल खेलेको प्लानिङ ब्वाइजले १० अङ्क जोडेको छ भने समान खेल खेलेको काँक्रे बिहार क्लब अङ्कविहीन अवस्थामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण