डिभी परेपछि नक्कली सर्टिफिकेट बनाएर अमेरिकी दूतावास पुग्ने गिरोह पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र प्रयोग गर्ने सातजनालाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । दूतावासले उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पठाउँदा उक्त कागजात नक्कली भएको पुष्टि भएको थियो । बोर्डबाट प्रमाणपत्र नक्कली भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले नक्कली प्रमाणपत्र प्रयोग गर्ने ठकुरीसहित उक्त प्रमाणपत्र बनाइदिने अन्य व्यक्तिहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले माघ १५ र १६ गते गरी यो धन्दामा संलग्न सातजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मुख्य आरोपी किरण सिंह ठकुरीसहित पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत र नुवाकोट ककनीका ४२ वर्षीय केशव फुयाँल छन् । त्यस्तै नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँ महानगरपालिका–२ की ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल पनि पक्राउ परेका छन् ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबैलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरीले नक्कली प्रमाणपत्र बनाउने गिरोहका अन्य सदस्य र सञ्जालबारे पनि थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण