घरघरमा गएर जनताका पीर–मर्का बुझ्दै सन्दिप पुन
आइतबार, १८ माघ २०८२, २० : ५८
सारांश
- सन्दिप पुनले रुकुम पूर्वमा घरघरमा पुगेर जनताका गुनासा सुनेका छन्।
- उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्।
- पुनले नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवार बनेका सन्दिप पुन घरघरमा गएर जनताका पीर–मर्का बुझिरहेका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।
जनार्दन शर्मा संरक्षक रहेको प्रलोपाका उम्मेदवार पुन ‘घर–आँगनमा सन्दीप’ अभियान अन्तर्गत आज भूमे गाउँपालिका–७ गुनाम, धर्मशाला र लावाङ पुगेका छन् । यहाँ उनले जनताका गुनासा सुनेका छन् ।
मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या सुन्ने, आशा र अपेक्षालाई साझा गर्ने अवसर प्राप्त भएको पुन बताउँछन् ।
जनतासँगै हिँड्ने, जनतासँगै सोच्ने र जनताकै पक्षमा उभिने हाम्रो सङ्कल्प अझ दृढ बनेको उनले बताए ।
उनी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण