प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात
सारांश
- प्रेस काउन्सिलले धादिङबाट निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरु गरेको छ।
- नेपाल पत्रकार महासंघले पनि धादिङबाटै जिम्मेवार पत्रकारिता सम्बन्धी अभियान थालेको छ।
- धादिङमा चार जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।
धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ ।
निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ ।
निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताए । ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो । । सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक बलियो हुने भएकाले निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन पर्नेमा जोड दिए ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरू शान्तराम विडारी, भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी, केशवशरण लामिछानेलगायतले निर्वाचन जागरण कार्यक्रममा सञ्चारकर्मी, मिडियाले ध्यान दिनुपर्ने विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
यसैबिच नेपाल पत्रकार महासङ्घ धादिङले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीहरूलाई पुरस्कृत गरेको छ । राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ । सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरीलाई पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट डब्लुुडब्लुुडब्लुु डट एफएनजे डट ओआरजीको आइतबारबाटै विधिवत् सुरुवात गरेको छ । पत्रकार महासङ्घको गतिविधि, इतिहास र सदस्यहरूको विवरण, सञ्चारसंस्थाहरुको विवरण वेबसाइटमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण