सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट

सोमबार, १९ माघ २०८२, ०९ : २९
सोमबार, १९ माघ २०८२

सारांश

  • पोखराको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेपछि यो ठाउँ पर्यटकीय स्थल बनेको छ।
  • यहाँ ५१ फिट अग्लो शिवको मूर्ति, १०८ शिवलिङ्ग, डमरु र कलश लगायतका संरचना बनाइएको छ।
  • पुम्दीकोटबाट हिमशृङ्खला, सराङकोट, फेवाताल र पोखरा क्षेत्रको सुन्दर दृश्य देख्न सकिन्छ।

पोखरा । पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ । पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रूपमा लोकप्रिय भइरहेको छ ।

Lord Shiva statue_Pumdikot_PCT_NPL (2)

पुम्दिकोटमा भगवान शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिङ्ग, डमरु, कलश लगायतका संरचना बनाइएको छ।

Lord Shiva statue_Pumdikot_PCT_NPL (3)

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन् ।

Lord Shiva statue_Pumdikot_PCT_NPL (1)Lord Shiva statue_Pumdikot_PCT_NPL (4)Lord Shiva statue_Pumdikot_PCT_NPL (5)Lord Shiva statue_Pumdikot_PCT_NPL (6)Lord Shiva statue_Pumdikot_PCT_NPL (7)Lord Shiva statue_Pumdikot_PCT_NPL (8)Lord Shiva statue_Pumdikot_PCT_NPL (9)Lord Shiva statue_Pumdikot_PCT_NPL (10)Lord Shiva statue_Pumdikot_PCT_NPL (11)Lord Shiva statue_Pumdikot_PCT_NPL (12)Lord Shiva statue_Pumdikot_PCT_NPL (13)

तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप