कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
सोमबार, १९ माघ २०८२, १४ : १४
काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणमा गएका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी यादवलाई तोकिएको जानकारी प्राप्त भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी गराएका हुन् ।
नेपाल र जापानबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका छन् । उनी स्वदेश नफर्केसम्म राष्ट्रपतिले सम्पादन गर्ने कार्य उपराष्ट्रपति यादवले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण