अवहेलना मतबाट बच्न प्रत्यक्ष बयान दिन तयार भए क्लिन्टन दम्पती
वासिङ्टन डिसी । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले यौन दुराचारी जेफ्री एपस्टिन प्रकरणमा कङ्ग्रेसको अनुसन्धानमा वासिङ्टन, डीसीमै प्रत्यक्ष (इन–पर्सन) बयान दिन सहमति जनाएका छन् । हाउस ओभरसाइट कमिटीले उनीहरूविरुद्ध कङ्ग्रेसको अवहेलनाको प्रस्ताव मतदानमा लैजाने तयारी गरिरहेको अन्तिम क्षणमा यो प्रस्ताव आएको हो ।
क्लिन्टन दम्पतीका कानुनी टोलीले बयान दिन तयार रहेको बताए पनि समिति अध्यक्ष जेम्स कोमरले अझै स्पष्ट मिति र सर्तहरू नआएको भन्दै थप स्पष्टीकरण मागेका छन् । उनले अवहेलना प्रक्रिया अघि बढेपछि मात्रै सहमति आउनु संयोग नभएको टिप्पणी गरेका छन् ।
आफूहरूले सद्भावपूर्वक वार्ता गरेको र सबैका लागि समान मापदण्ड बसाल्न चाहेको क्लिन्टनका प्रवक्ता एन्जेल उरेनाले बताए । उनले कोमरमाथि राजनीतिक उद्देश्य राखेको आरोप पनि लगाएका छन् । समितिका शीर्ष डेमोक्रेट रोबर्ट गार्सियाले भने क्लिन्टनहरू सुरुदेखि नै बयान दिन तयार रहेको र अहिलेको सहमतिलाई स्वीकार गर्नुपर्ने बताए ।
कमिटीले करिब छ महिनाअघि समन पठाएको भए पनि मिति बारम्बार सारिँदा विवाद चर्किएको थियो । अवहेलना प्रस्ताव पारित भएको भए क्लिन्टन दम्पती कानुनी कारबाहीको जोखिममा पर्न सक्थे । अब पनि बयानको अन्तिम मिति तय भएपछि मात्रै विवाद टुङ्गिने देखिन्छ । तर यस घटनाले एपस्टिन काण्डसँग जोडिएको राजनीतिक तनाव फेरि सतहमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण