भारतमा बन्धक बनाई फिरौती असुल्ने गिरोहका दुई सदस्य सिरहामा पक्राउ
सारांश
- सिरहा प्रहरीले भारतमा जागिरको प्रलोभन देखाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले एक नेपाली युवकलाई भारतको बोधगयामा बन्धक बनाई कुटपिट र मानसिक यातना दिएका थिए।
- उनीहरूले युवकको परिवारबाट २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए भने युवकसँग भएको ३० हजार भारु समेत लुटेका थिए।
सिरहा । भारतको बिहारमा जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। कल्याणपुर नगरपालिका–७ भेडियाका २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाको विवरण अनुसार प्रतिवादीहरूले कल्याणपुर–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत सम्पर्क गरी भारतको गयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो काम लगाईदिने प्रलोभन देखाएका थिए। गत पुस २० गते मरिकलाई भारतको बोधगया पुर्याएर एउटा होस्टलमा बन्धक बनाइएको थियो।
त्यहाँ उनको मोबाइल र शैक्षिक प्रमाणपत्र खोसेर कोठामा थुनी कुटपिट तथा मानसिक यातना दिइएको थियो। ज्यान मार्ने धम्की दिँदै उनीहरूले मरिकको परिवारबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए भने मरिकसँग रहेको नगद ३० हजार भारु समेत लुटेका थिए।
बन्धक बनाइएको ठाउँबाट तालिमका नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल भाग्न सफल भएका थिए। उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
सोही क्रममा सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए। पक्राउ परेका दुवैमाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण