‘मिस्टर भर्जिन’को आइटममा छुल्ठिमको ठुम्का
काठमाडौ – केहि दिनअघि सार्वजनिक टिजरबाट सकारात्मक प्रतिक्रिया पाउन सफल चलचित्र ‘मिस्टर भर्जिन’ले दोस्रो गीत सार्वजनिक गरेको छ ।
‘पैसा फेक तमासा देख’ बोलको आइटम गीतमा अभिनेत्री छुल्ठिम गुरुङले आइटम डान्स गरेकी छन् । गीतमा छुल्ठिमका साथै गौरव पहारी, कमलमणि नेपाल र बिजय बराल समेतले कम्मर भाँचेका छन्
शशि रावल र राजेन्द्र भट्टको स्वर रहेको गीतमा शब्द टुरिस्ट जङ बि.केले लेखेका हुन् भने एरेन्ज मोहित मुनालको रहेको छ । गीतमा नृत्य दीपक सिंहको रहेको छ ।
विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । भाद्र १ गतेबाट प्रर्दशनमा आउने चलचित्र वोल्र्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रा.लिको ब्यानरमा निर्माण भएको हो ।
खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको चलचित्रका सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण