श्रीलंकाविरुद्ध इंग्ल्याण्डको ऐतिहासिक क्लिन स्वीप
पल्लेकेले । इंग्ल्याण्डले पल्लेकेलेमा खेलिएको तेस्रो टी-२० खेलमा श्रीलंकालाई १२ रनले पराजित गर्दै तीन खेलको शृङ्खला ३-० ले आफ्नो कब्जामा पारेको छ। मात्र १२९ रनको झिनो स्कोर सफलतापूर्वक रक्षा गर्ने क्रममा इंग्ल्याण्डले टी-२० अन्तर्राष्ट्रिय इतिहासमा आफ्नो सबैभन्दा कम स्कोर डिफेन्ड गर्ने नयाँ रेकर्ड समेत कायम गर्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डको सुरुवात निकै खराब रह्यो। ११ ओभरमा ६० रन जोड्दा टोलीले आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाइसकेको थियो।
संकटपूर्ण अवस्थामा रहेका बेला साम करनले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ४८ बलमा ५८ रनको महत्वपूर्ण इनिङ खेले। ६ चौका र १ छक्का प्रहार गरेका करनलाई लायम डसनले १४ रन बनाएर साथ दिए।
श्रीलंकाका तीव्र गतिका बलर दुष्मन्था चमिराले घातक बलिङ गर्दै २४ रन खर्चेर ५ विकेट लिए पनि करनको जुझारु पारीले खेलको नतिजामा ठुलो फरक पारिदियो।
१३० रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो देखिए पनि मध्यक्रममा स्पिनरहरू सामु उसका ब्याटरहरू टिक्न सकेनन्। आदिल रशिद, विल ज्याक्स र ज्याकब बेथेलले कसिलो बलिङ गर्दै श्रीलंकाको रन गतिमा पूर्णविराम लगाए।
१० ओभरमा ६२ रन बनाउँदा ४ विकेट गुमाएपछि श्रीलंका दबाबमा आयो र खेल इंग्ल्याण्डको पकडमा पुग्यो। अन्तिम ओभरहरूमा लगातार विकेट झरेपछि श्रीलंकाको पूरा टोली ११६ रनमा समेटियो। इंग्ल्याण्डका ज्याकब बेथेलले ४ र विल ज्याक्सले ३ विकेट चट्काए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण