मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
नाइजेरिया । नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मङ्गलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको स्थानीय स्रोतले बुधबार जानकारी दिएको छ ।
अज्ञात बन्दुकधारीले रातिको समयमा ‘काइमा’ को स्थानीय सरकारको शासन क्षेत्रको वोरो र नुकु समुदायमा आक्रमण गरेका थिए र बुधबार बिहान फर्किएका थिए । उनीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएर आक्रमण गरेका थिए भने केही घरहरूमा पनि आगजनी गरेका थिए ।
नाइजेरियाली रेडक्रस सोसाइटीका एक अधिकारीले भने, ‘अघिल्लो दिन मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको थियो तर बुधबार दिउँसोसम्म बन्दुकधारीले दोस्रो आक्रमण गरेपछि यो सङ्ख्या बढेर १०० भन्दा बढी पुगेको छ ।’
बाँचेका व्यक्ति र स्थानीय सुरक्षा दलले राज्य सुरक्षा बल आउनुअघि बुधबार खोजी र उद्धार कार्य सुरु गरेका थिए। क्वारा राज्य सरकारले बुधबार हत्याको निन्दा गरेको छ र यसलाई ‘जारी सुरक्षा अभियानहरूमा आतङ्कवादी समूहहरूको हताश प्रतिक्रिया’ को रूपमा वर्णन गरेको छ।
क्वारा राज्यका गभर्नर अब्दुलरहमान अब्दुलरजाकले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षा निकायलाई त्यस क्षेत्रमा कारबाही बढाउन निर्देशन दिइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण