होटल फरेष्ट इनको आईपीओ आजदेखि
काठमाडौँ । होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले ४० करोड रुपैयाँको ४० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि २ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर आजदेखि निष्कासन हुन लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।
लगानीकर्ताले सीआस्वा प्रणाली भएका बैंक तथा वित्तीय संस्था वा मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण