नेपालसामु जितका लागि १ सय ६२ रनको लक्ष्य
चेन्नई । टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा क्यानडाले नेपालसामु जितका लागि १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको हो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । चौथो ओभरमा युवराज शमरा १५ बलमा ७ रन बनाउँदै सोमपाल कामीको शिकार बने । त्यसपछि नवनित धलिवाल र कनवरपाल ताथगुरले क्यानडाको पारी सम्हाले ।

नवनितले ३६ बलको सामना गर्दै ४१ रन जोडे । उनले १ चौका र ३ छक्का हिर्काए । कनवरपालले २४ बलमा २ चौका र १ छक्का हिर्काए । निकोलस किर्तनलाई १० रनमा कुशल भुर्तेलले आउट गरे भने हर्ष थाकेर पनि ८ रन बनाउँदै पभेलियन फर्किए ।

खेलको अन्त्यतिर विकेटकिपर श्रेयस मोभाले आक्रमक पारी खेले । उनले मात्र १९ बलमा ३८ रन जोडे । यसक्रममा मोभाले २ चौका र ३ छक्का प्रहार गरे । उनलाई जसकरन सिंहले ११ बलमा २१ रन बनाउँदै राम्रो साथ दिए । उनले ३ छक्का प्रहार गरे ।
नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गर्दै मात्र ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।
यसअघि, चेन्नईमा नै भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण