उज्यालो नेपाल पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छ : कुलमान घिसिङ
धनुषा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्ययोजनाबारे धारणा राखेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले मधेस क्षेत्रको विकास, रोजगारी सिर्जना र युवाको सहभागिता बढाउन विशेष कार्यक्रम ल्याइने जानकारी दिए ।
वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न वैकल्पिक राजनीति आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उज्यालो पार्टी जनताको आवाज बनेर जिम्मेवार भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा स्थानीय पत्रकारको उपस्थिति रहेको थियो भने उनीहरूले उठाएका प्रश्नको अध्यक्ष घिसिङले स्पष्ट जवाफ दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण