बूढासुब्बा गोल्डकप : धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश
धरान । छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत)लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि अन्तिम समयमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा भारतलाई पराजित गर्दै आयोजक धरानले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
टाइब्रेकरमा धरान फुटबल क्लबका प्रज्ज्वल थापा, नगेन राई, विवेक राई र राज लिम्बूले गोल गरेका थिए भने, जर्जियन फुटबल क्लबका सैजा र शरद मुण्डालेगोल गर्न सफल भए भने बक्सर प्रधान र विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर विपुल मगरले रोकेका थिए ।
आजको खेलमा धरान फुटबल क्लबका विपुल मगर ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार झापा–११ झापा र रोयल थिम्पु क्लब (भुटान) बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा १० टोलीको सहभागिता छ । विजेताले नगद रु १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजार साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण