जलेका सरकारी सवारी प्रदर्शनीमा राख्न सांसदको सुझाव
शुक्रबार, २३ माघ २०८२, १४ : २१
सारांश
- एमालेकी सांसद रुक्मिणी कोइरालाले भदौमा जलाइएका सरकारी सवारी साधन कवाडीमा बेच्न लागेकोमा आपत्ति जनाइन्।
- उनले जलेका सवारी साधन प्रदर्शनीमा राख्नुपर्ने र भावी पुस्तालाई देखाउनुपर्ने बताइन्।
- सांसद कोइरालाले देशभरिबाट टिकट सिस्टमबाट प्रदर्शनीमा राखेर हेर्न दिनुपर्ने सुझाव दिइन्।
काठमाडौँ । एमालेकी राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले भदौमा जेनजी आन्दोलनका क्रममा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीमा बेच्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोइरालाले जलाइएका सवारी साधन भावी पुस्तालाई देखाउनका लागि भए पनि प्रदर्शनीमा राख्नुपर्ने बताएकी हुन् ।
‘आन्दोलनमा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीलाई बेच्दैछ भन्ने सुन्नमा आएको छ । तर जलेका सवारीका अस्थिपञ्जरहरू जस्ताको तस्तै एक ठाउँमा राखेर इतिहासका लागि भावी पुस्ताले देख्ने गरी राख्नुपर्छ र देशभरिबाट टिकट सिस्टमबाट प्रदर्शनीमा राखेर हेर्न दिनुपर्छ’, कोइरालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण