दोस्रो सातामा फिल्म ‘आबाट आमा’, पहिलो साताको आम्दानी कति ?
शुक्रबार, २३ माघ २०८२, १४ : ४१
सारांश
- पल शाह र उषा उप्रेतीको फिल्म 'आबाट आमा' दोस्रो सातामा प्रवेश गरेको छ।
- फिल्मले घरेलु बक्स अफिसमा दुई करोडको व्यवसाय गरेको निर्माण युनिटको दाबी छ।
- चन्द्र पन्त निर्देशित फिल्ममा आमा र परिवारको कथा तथा त्रिकोणात्मक प्रेम कथा समेटिएको छ।
काठमाडौँ । पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक आम्दानी गरिरहेको निर्माण युनिटले जनाएको छ ।
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले दुई करोडको व्यवसाय गरिसकेको निर्माण युनिटको दाबी छ । तर फिल्मको वास्तविक व्यवसाय भने सोमबार चलचित्र विकास बोर्डले बक्स अफिस सार्वजनिक गरेपछि बाहिर आउँछ ।
चन्द्र पन्त निर्देशित सामाजिक कथामा निर्माण भएको फिल्मले आमा र परिवारको कथा उठाएको छ । फिल्ममा त्रिकोणात्मक प्रेम कथा पनि छ । १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्ममा पल र उषासहित प्रदीप रावत, विपना थापाको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण