झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
लुम्बिनी ।नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाको फैलावटले समाजमा समस्या सिर्जना गरिरहेको बताए।
प्रेस चौतारी नेपाल रूपन्देहीले शुक्रबार आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी तालिमको आज बुटवलमा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए।
“समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ”, उनले भने, “झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकार जिम्मेवार र सचेत हुनुपर्छ ।”
विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए।
उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । उनले प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न नसक्ने पनि बताउनुभयो । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने बताए। उनले यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताउँदै प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आयोजिक तालिममा रुपन्देहीमा क्रियाशील २ दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण