नागरिक उड्डयनका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर
सारांश
- सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको छ।
- निलम्बित महानिर्देशक अधिकारी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा १३ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो । निलम्बित महानिर्देशक अधिकारीलाई विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गत मङ्सिर२१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
विशेषले थुनामा पठाएपछि अधिकारी त्यसविरुद्ध ७३ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका थिए । नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण