जनताका घरदैलोमा कांग्रेसको सन्देश पुर्याए हाम्राे जित सुनिश्चित : गगन थापा
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश सही ढंगले घर–घर पुर्याउन सके आगामी निर्वाचनमा कांग्रेसको सानदार जित सुनिश्चित रहेको बताएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशको बैठकलाई सम्बोधन गर्दै उनले अबको निर्वाचन परिणाम नेता तथा कार्यकर्ताको सक्रियतामा भर पर्ने स्पष्ट पारेका हुन्।
थापाले अघिल्लो निर्वाचनमा कांग्रेससँग रिसाएका र नयाँ थपिएका मतदातालाई रिझाउन विशेष योजनाका साथ लाग्न निर्देशन दिएका छन्। अघिल्लो पटक २७ लाख मतदाताले कांग्रेसलाई साथ दिएको स्मरण गर्दै उनले थप ४–५ लाख मतदाता जोड्न सके कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरे।
‘केही मतदाता हाम्रा निर्णयहरूसँग चित्त नबुझेर टाढिएका छन्, तिनलाई भेटेर कुरा बुझाउन आवश्यक छ,’ थापाले भने। उनले सामाजिक सञ्जालमा मात्र सीमित नभई जनताको घरदैलोमै पुगेर संवाद गर्न कार्यकर्तालाई आग्रह गरे।
पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दीका विषयमा बोल्दै थापाले अब कांग्रेसमा कुनै गुट नरहेको घोषणा गरे। उनले विगतका अधिवेशनमा को कुन पक्षमा उभियो भन्ने कुरालाई अब अर्थ नदिइने र कसैलाई पनि विभेद हुन नदिने प्रतिबद्धता जनाए।
अधिवेशनका क्रममा देखिएका तिक्तता र आवेगलाई बिर्सेर सबैलाई एक ढिक्का भएर चुनावमा होमिन उनले आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण