देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
- तराईका केही स्थानमा हुस्सु लाग्ने र कोशी तथा गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
- राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने र अन्य भूभागमा मौसम सफा रहनेछ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागको मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण