सुनिल कलाकार मात्रै नभएर मेरा असल मित्र थिए : भुवन केसी
सारांश
- अभिनेता भुवन केसीले सुनिल थापाको निधनमा दुःख व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रले अब्बल कलाकार गुमाएको बताए।
- केसीले थापासँगको मित्रता र उनीसँगका चलचित्र अनुभवहरू स्मरण गरे, उनले 'चिनो' मा सँगै काम गरेका थिए।
- वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन भएको थियो, उनी नेपाली र भारतीय चलचित्रमा सक्रिय थिए।
काठमाडौँ । अभिनेता भुवन केसीले वरिष्ठ कलाकार सुनिल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली चलचित्र क्षेत्रले देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको बताए ।
केसीले सुनिल आफ्ना लागि कलाकार मात्रै नभएर असल मित्र पनि रहेको बताएका छन् । उनले भनेका छन् : ‘नेपाली चलचित्र क्षेत्रले आज देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको छ । किनकि सुनिल नेपाली चलचित्रमा मात्र नभई भारतीय सिनेमामा पनि स्थापित कलाकार थिए । तर मेरा लागि सुनिल कलाकार मात्र थिएनन्, असल मित्र पनि थिए ।’
अभिनेता केसीले सुनिलसँगको पहिलो नेपाली चलचित्र ‘चिनो’ मा सँगै काम गरेयता थुप्रै चलचित्र सेटमा अन्तरङ्ग क्षण बिताएको स्मरण गर्दै आफूले निर्माण गरेका चलचित्रमा पनि सहकार्य गरेको बताएका छन् । सुनिलसँग भेट हुँदा सधैँ दोस्त भनेर सोध्ने गरेको स्मरण गर्दै उनी जहाँ भए पनि नेपाली चलचित्र क्षेत्र र आफूहरूको मनमा रहिरहने बताएका छन् ।
वरिष्ठ कलाकार थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण