कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीय बालिकाको मृत्यु, हजुरआमा गम्भीर घाइते
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी एक नाबालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, लालझाडी गाउँपालिका वडा नं. ६ ढक्का चानदेवस्थित किसन सिंह साउदको घरमा आइतबार बिहान करिब साढे २ बजे जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले घरमा आक्रमण गर्न थालेपछि ज्यान जोगाउन घरबाट भाग्ने क्रममा किसन सिंहकी ५५ वर्षीय आमा पार्वती साउद र ६ वर्षीय छोरी रोजिना साउद माथि हात्तीले आक्रमण गरेको थियो ।
घटनाबारे बिहान साढे ३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली खटिएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी आर।एम। अस्पताल झलारीमा सामान्य उपचार गरिएको थियो । तर, दुवैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।
धनगढीस्थित नवजीवन अस्पतालमा उपचारकै क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा ६ वर्षीय बालिका रोजिना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् । घाइते हजुरआमा पार्वती साउदको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण