‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको उनको भनाइ छ । लिङ्देनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए । अध्यक्ष लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे । उनले सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाए ।
संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरे । दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भत्र्सना समेत गरे । देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए । उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण