ओखलढुङ्गामा राई दम्पतीको हत्यामा संलग्न दुई जना काठमाडौँबाट पक्राउ
सारांश
- ओखलढुङ्गाको चिसंखुगढीमा राई दम्पतीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।
- प्रहरीले घटनामा संलग्न धनबहादुर रानामगर र एक बालकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
- हत्यापछि लुटेका सुनका गहना, रिचार्ड कार्ड र मोबाइल समेत बरामद गरिएको छ।
काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढीमा राई दम्पतीको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ मा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा फेला परेका थिए ।
हत्यामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौरे घर भएका ३४ वर्षीय धनबहादुर रानामगर र १७ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लुबाट शुक्रबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा दम्पतीको शव भेटिएको घटना अनुसन्धान गर्न ब्युरोले माघ २० गतेबाट आफ्नो जनशक्ति परिचालन गरेको थियो । धनबहादुर रानाले लुटपाट गर्ने योजना बनाएर १७ वर्षीय बालकलाई काठमाडौँबाट ओखलढुङ्गा लिएर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूले हत्यापछि लुटेको सुनको मारवाडी, सिक्री, १५९ थान रिचार्ड कार्ड र सि–माला बरामद गरेको छ । मृतक चन्द्रविक्रम राईले प्रयोग गर्ने गरेको मोबाइल पनि प्रहरीले आरोपीहरूको साथबाट बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण