जापानमा ताकाइचीको गठबन्धनलाई दुई-तिहाइ बहुमत
काठमाडौँ । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले मध्यावधि निर्वाचन मा ऐतिहासिक सफलता हासिल गरेकी छिन्।
आइतबार सम्पन्न निर्वाचनबाट ताकाइचीको सत्तारुढ गठबन्धनले तल्लो सदनमा दुई-तिहाइ बहुमत प्राप्त गरेको बीबीसीले जनाएको छ ।
४६५ सदस्यीय तल्लो सदनमा ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जितेको छ भने जापान इनोभेसन पार्टीसँगको गठबन्धनले कुल ३५२ सिट सुरक्षित गरेको छ।
यो जितसँगै उनले अब संसद्मा प्रतिपक्षसँग खासै सम्झौता नगरी आफ्ना आर्थिक र रक्षा नीतिहरू लागू गर्न सक्नेछिन्। ताकाइचीको जितको खबरले जापानी सेयर बजारमा उत्साह ल्याएको छ। सोमबार बजार खुल्नासाथ निक्की सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जापानी मुद्रा येनमा सामान्य गिरावट देखिएको छ।
कट्टर रूढिवादी पृष्ठभूमिकी ताकाइचीले सरकारी खर्च बढाउने, करमा सहुलियत दिने र राष्ट्रिय सुरक्षाका लागि रक्षा बजेटमा वृद्धि गर्ने बाचा गरेकी छिन्। यसका साथै उनले आप्रवासी नियमहरूमा कडाइ गर्ने र विदेशीहरूले जापानी जमिन खरिद गर्ने विषयमा पुनरावलोकन गर्ने योजना बनाएकी छिन्। यद्यपि, विश्लेषकहरूले उनको खर्चालु नीतिका कारण जापानको सुस्त अर्थतन्त्रमा थप अस्थिरता आउन सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरिरहेकी छिन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मतदानअघि नै समर्थन जनाएका थिए भने जितपछि पनि सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनको नेतृत्वको प्रशंसा गरेका छन्। तर, ताइवानका बारेमा उनको कडा अडानले जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको सम्बन्धमा भने तिक्तता ल्याउन सक्ने देखिएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण