प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक, माघ २८ देखि मूलपानीमा भिड्दै आठ टोली
सारांश
- काठमाडौंमा यु-१५ प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक गरियो, जसमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगिता माघ २८ गतेदेखि सुरु हुनेछ र फाइनल फागुन ६ गते हुनेछ, जसमा विजेताले नगद पुरस्कार पाउनेछन्।
- प्याब्सनका अध्यक्षले प्रतियोगिताले नयाँ खेलाडी पहिचान गर्न मद्दत गर्ने बताए, उत्कृष्ट खेलाडीलाई अवसर दिइनेछ।
काठमाडौँ । प्याब्सन काठमाडौँको आयोजनामा हुन लागेको यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित विशेष समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले ट्रफी अनावरण गरे। सोही अवसरमा सहभागी आठवटै टोलीको नाम, लोगो, प्रायोजक, जर्सी र प्रतियोगिताको ‘एन्थम’ समेत सार्वजनिक गरियो।
माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा आयोजक काठमाडौँ प्याब्सन र सातवटा प्रदेशका प्याब्सन टोली गरी जम्मा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्याब्सन काठमाडौँ क्यापिटल्स, सुदूरपश्चिम राइजिङ, बागमती च्यालेन्जर्स, गण्डकी इगल्स, कर्णाली हाइल्यान्डर्स, कोशी स्ट्राइकर्स, लुम्बिनी मोङ्स र मधेश रोयल्सले दुई समूहमा विभाजित भएर लिग कम नकआउटका आधारमा खेल्नेछन्। टी–२० फर्मेटमा हुने यस प्रतियोगिताको फाइनल खेल फागुन ६ गते हुने तालिका छ।
ट्रफी सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष अधिकारीले यो उमेर समूहको प्रतियोगिताले नयाँ र प्रतिभावान खेलाडी पहिचान गर्न ठूलो मद्दत पुग्ने बताए। उनले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट ५ लाख र भ्याली पब्लिक स्कुलबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे। त्यस्तै, प्याब्सन काठमाडौँका अध्यक्ष नवराज भट्टले यस लिगबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ बनाउने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने योजना सुनाए।
एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापनमा हुने यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले २ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण