विश्वकपमा पहिलो पटक आमने-सामने हुँदै ओमान र जिम्बाब्वे
सारांश
- आज कोलम्बोमा ओमान र जिम्बाब्वे बीच टी-२० विश्वकपको खेल हुँदैछ।
- ओमान र जिम्बाब्वे दुवै टोलीले वार्म-अप खेलमा राम्रो प्रदर्शन गरेका छन्।
- सिंहली स्पोर्ट्स क्लब स्टेडियमको पिच स्पिनरका लागि अनुकूल मानिन्छ।
कोलम्बो । टी-२० विश्वकपको आठौँ खेल आज ओमान र जिम्बाब्वेबिच खेलिनेछ। यो खेल कोलम्बोको सिंहली स्पोर्ट्स क्लब स्टेडियममा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको इतिहासमा यी दुई टोली पहिलो पटक आमने-सामने हुँदैछन्। टी-२० विश्वकपमा अहिलेसम्म ओमानले १० र जिम्बाब्वेले २० खेल खेलेका छन्। जसमा ओमानले २ र जिम्बाब्वेले ८ खेलमा जित हासिल गरेका छन्।

टोलीहरूको वर्तमान लय :
ओमानले वार्म-अप खेलमा श्रीलंका-ए लाई ५ विकेटले पराजित गरेको थियो। अभ्यास खेलमा ओमान जिम्बाब्वेसँग पनि भिडेको थियो, जहाँ टोलीले ४ विकेटले जित निकालेको थियो। आईसीसी टी-२० वरीयतामा जिम्बाब्वे १२औँ र ओमान २०औँ स्थानमा छन्।
जिम्बाब्वेले आफ्नो पहिलो वार्म-अप खेल गुमाए पनि नेदरल्यान्ड्स विरुद्ध २९ रनको जित हात पारेको थियो। नोभेम्बरमा भएको टी-२० ट्राई सिरिजका क्रममा टोलीले श्रीलंकालाई पनि एक खेलमा हराएको थियो।
यद्यपि, टोलीले ४ खेलमा हार पनि बेहोरेको थियो।

प्रमुख खेलाडीहरू:
- जिम्बाब्वे: सन् २०२४ यता ब्रायन बेनेट जिम्बाब्वेका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ४९ खेलमा १५६८ रन बनाइसकेका छन्। बलिङतर्फ तीव्र गतिका बलर रिचर्ड नगारवा ५१ विकेटका साथ टोलीका शीर्ष बलर हुन्।
- ओमान: ओमानका लागि कप्तान जतिन्दर सिंहले २०२४ देखि हालसम्म ५२७ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट स्कोर ६९ रन रहेको छ। बलिङतर्फ आकिव इलियास ३० विकेट लिई शीर्ष स्थानमा छन्।
पिच रिपोर्ट:
सिंहली स्पोर्ट्स क्लब स्टेडियमको पिच स्पिनरहरूका लागि फाइदाजनक मानिन्छ। यहाँ धेरै रन बन्ने खेलहरू कमै देख्न पाइन्छ। पहिले ब्याटिङ गर्ने टोलीले १५० भन्दा बढी रन बनाएमा लक्ष्य पछ्याउन गाह्रो हुन्छ।
यसै मैदानमा भएको पाकिस्तान र नेदरल्यान्ड्सबिचको खेलमा, नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा मात्र पूरा गर्न सकेको थियो।

मौसमको अवस्था
कोलम्बोमा सोमबार वर्षाको कुनै सम्भावना छैन। तापक्रम २३ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहनेछ। दिउँसोको खेल भएकाले शीत झर्ने सम्भावना पनि छैन।

दुवै टोलीको सम्भावित प्लेइङ-११:
- जिम्बाब्वे: ब्रायन बेनेट, तदिवानाशे मारुमनी, ब्रेन्डन टेलर (विकेटकिपर), सिकन्दर रजा (कप्तान), रायन बर्ल, टोनी मुनयोङ्गा, तासिङ्गा मुसेकिवा, ब्राड इभान्स, वेलिंगटन मसाकाद्जा, टिनोटेन्डा मापोसा र रिचर्ड नगारवा।
- ओमान: जतिन्दर सिंह (कप्तान), आमिर कलीम, हम्माद मिर्जा, करण सोनावले, वसिम अली, विनायक शुक्ला (विकेटकिपर), जितेन रामानन्दी, नदीम खान, शाह फैसल, सकिल अहमद र जय ओडेदरा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण