फिल्म ‘आबाट आमा’ ले कमायो ४ करोड ८० लाख
सोमबार, २६ माघ २०८२, १३ : ०३
सारांश
- पल शाह र उषा उप्रेतीको फिल्म 'आबाट आमा' ले ४ करोड ८० लाख कमाएको छ।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले १ लाख ७६ हजार ५५२ टिकट बिक्री गरेको छ।
- चन्द्र पन्त निर्देशित फिल्ममा आमा र परिवारको कथा समेटिएको छ।
काठमाडौँ । पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ ले अहिलेसम्म ४ करोड ८० लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले २४ गते शनिबारसम्म सार्वजनिक गरेकाे बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ४ करोड ८० लाख ९० हजार ४८७ ग्रस कलेक्सन गर्न सफल भएको छ ।
यो अवधिमा फिल्मको टिकट १ लाख ७६ हजार ५५२ वटा बिक्री भएको छ । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको फिल्मले आमा र परिवारको कथा उठाएको छ ।
फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्ममा पल र उषासहित प्रदीप रावत, विपना थापाको मुख्य भूमिका छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण