अर्थ
२६ अङ्कले घट्यो नेप्से, १० अर्ब ७७ करोडको कारोबार
सोमबार, २६ माघ २०८२, १५ : ५२
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०५ अङ्कले घटेको छ । उक्त अङ्कको गिरावटपछि आज नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ ।
आइतबार पनि नेप्से १०.२४ अङ्कले घटेको थियो । आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख दुई हजार २८१ पटक किनबेच गर्दा भएको हो ।
आइतबार ११ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीकाे कारोबार भएको थियो । आज २१२ कम्पनीको शेयर मूल्य घटेको छ अर्थात् १३ वटा समूहगत सूचकतर्फ व्यापारबाहेक सबै सूचक राताम्मे छन् ।
खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशूली जलविद्युतलगायत ४२ कम्पनीको मूल्य बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण