मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभावः ग्यास अभाव र कालोबजारी रोक्न विभागको 'एक्सन'

ग्यास लुकाएको पाइए ३ लाखसम्म जरिवाना
सोमबार, २६ माघ २०८२, २० : ३६
सोमबार, २६ माघ २०८२

काठमाडौँ । खाना पकाउने ग्यासको बजारमा कृत्रिम अभाव र जथाभावी मूल्य असुलीबारे रातोपाटीमा समाचार सार्वजनिक भएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

आइतबार रातोपाटीमा प्रकाशित ‘ग्यास अभावको मौका छोपेर बजारमा 'ब्रह्मलुटः' ग्याससहितको सिलिन्डर किन्न ४ हजार ६ सय' शीर्षकको समाचारको प्रभावस्वरूप विभागले सोमबारदेखि नै संयुक्त बजार अनुगमन तीव्र पारेको हो ।

उपभोक्ताहरूले ग्याससहितको सिलिन्डरलाई ४ हजार ६ सय रुपैयाँसम्म तिर्नु परेको गुनासो बढेपछि विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोली मैदानमा उत्रिएको हो । उपत्यकाका कीर्तिपुर, कलंकी, नयाँ बसपार्क, बालाजु, कोटेश्वरलगायत मुख्य क्षेत्रमा ४ वटा विशेष टोली परिचालन गरिएको छ । 

विभागका अनुसार अनुगमन क्रममा अनावश्यक भण्डारण गरेको वा ग्यास लुकाएको पाइए ३ लाख रुपैयाँसम्म जरिवानासहित कडा कानुनी कारबाही गरिनेछ ।

टोलीले ग्यासको मौज्दात, सिलिन्डरको तौल र एक कम्पनीको साटो अर्को कम्पनीको सिलिन्डर साट्दा लिइने अतिरिक्त शुल्कबारे समेत सूक्ष्म अनुसन्धान गर्नेछ । प्रत्येक टोलीले दैनिक कम्तीमा १० वटा फर्मको अनुगमन गरी प्रतिवेदन बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप