विश्वप्रकाश शर्माको निर्वाचन केन्द्रीत दौडाहा : पाँच जिल्लामा कार्यक्रम तय
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सहभागी हुने कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको छ ।
सोमबार पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले उपसभापति शर्माको निर्वाचन केन्द्रीत जिल्लाका कार्यक्रको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
शर्माले बाँके, बर्दिया, दाङ, रुपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको हो ।
आज दिउँसो १ बजे चितवनमा सबै उम्मेदवार सहभागी जिल्ला स्तरीय कार्यक्रम तथा अपरान्ह ४ बजे नवलपुर क्षेत्र नम्बर १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भइसकेको छ ।
यस्तो छ कार्यतालिका
२७ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको बाँके जिल्ला स्तरीय वृहत भेला ।
८ दिउँसो ३ः०० बजे – नेपाली कांग्रेस, उम्मेदवार सहितको बर्दिया क्षेत्र नं. १ क्षेत्रीय स्तरीय भेला ।
२८ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको दाङ जिल्ला स्तरीय वृहत भेला ।
२९ माघ ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको रुपन्देही जिल्ला स्तरीय वृहत भेला ।
८ दिउँसो ३ः०० बजे– नेपाली कांग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठक ।
१ फागुन ०८२
८ बिहान ११ः०० बजे– नेपाली कांग्रेस, सबै उम्मेदवार सहितको पाल्पा जिल्ला स्तरीय
वृहत भेला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण