शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

लागत अनुसारको मूल्य नपाउँदा बाराका किसान चिन्तित
मङ्गलबार, २७ माघ २०८२, ११ : ५८
मङ्गलबार, २७ माघ २०८२

बारा । बारामा नगदे बालीका रूपमा रहेको उखु भित्र्याउने सिजन सुरु भएसँगै यतिबेला यहाँका किसानलाई उखु काट्न भ्याइनभ्याई छ। बिहानैदेखि साँझसम्म खेतबारीमा खटिएर उखु काट्ने र चिनी मिलसम्म पुर्‍याउने काममा किसानहरू व्यस्त देखिएका छन्। 

ukhu kisan (1)

जिल्लाको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरूको लर्को लागेको छ। उखु खेती धेरैका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको भए पनि उचित मूल्य नपाउँदा उनीहरूमा खासै उत्साह देखिँदैन।

ukhu kisan (2)

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने सरकारी अनुदान बापतको ७० रुपैयाँ थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था छ। तर उत्पादन लागत निकै बढेका कारण यो मूल्यले लगानी पनि नउठ्ने किसानहरूको गुनासो छ। 

ukhu kisan (3)

किसान प्रतिनिधिहरूले प्रति क्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। मूल्य निर्धारणमा कुरा नमिल्दा हरेक वर्ष जस्तै यसपटक पनि किसान र चिनी मिल सञ्चालकबिच किचलो देखिएको छ।

ukhu kisan (4)

फागुनदेखि वैशाखसम्म रोपेको उखु १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म काट्ने उपयुक्त समय मानिन्छ। सोही अनुसार जाडो याम सुरु भएसँगै बाराका ग्रामीण भेगमा उखु काट्ने र मिलमा लैजाने चटारो बढेको हो। 

ukhu kisan (5)ukhu kisan (6)ukhu kisan (7)ukhu kisan (8)ukhu kisan (9)ukhu kisan (10)ukhu kisan (11)ukhu kisan (12)ukhu kisan (13)ukhu kisan (14)ukhu kisan (15)ukhu kisan (16)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप