टी-२० विश्वकप
नामिबियाद्वारा नेदरल्याण्ड्ससामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत
मङ्गलबार, २७ माघ २०८२, १२ : ५६
नयाँ दिल्ली । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्ड्ससामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको हो ।
टोलीका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३८ बलको सामना गर्दै १ चौका र २ छक्का प्रहार गरे ।
उनलाई ओपनर जान फ्राइलिंकले २६ बलमा ३० रन बनाउँदै साथ दिए । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।
त्यसैगरी, जोनाथ स्मिटले १५ बलमा १ चौका र २ छक्काको मद्दतले २२ रन जोडे । कप्तान जेरहार्ड इरास्मसले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
नेदरल्याण्ड्सका लागि लोगन भान विक र बाल डे लिडेले २–२ विकेट हात पारे । आर्यन दत्त र फ्रेड क्लासेनको नाममा १–१ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण