सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
दुर्घटना अपडेट

रामेछाप दुर्घटना : उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन, मृतक संख्या ६ पुग्यो

मङ्गलबार, २७ माघ २०८२, १२ : ५७
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ । 

विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

मङ्गलवार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला छन् ।  ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।

दुर्घटना स्थलमा रामेछापका डीएसपी भोला भट्ट नेतृत्वको टिम खटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप