फिलिपिन्समा समलिङ्गी जोडीलाई सम्पत्तिको सह–स्वामित्वको अनुमति
मनिला । फिलिपिन्सको सर्वाेच्च अदालतले ऐतिहासिक निर्णय गर्दै समलैंगिक जोडीहरूले संयुक्त रूपमा सम्पत्तिमा स्वामित्व राख्न सक्ने ठहर गरेको छ ।
अदालतले पहिलोपटक देशको ‘फ्यामिली कोड’को एक प्रावधान लागु गर्दै दुवै पक्षले सम्पत्ति खरिदमा योगदान गरेको प्रमाणित भए उनीहरूलाई सह–मालिक मान्न सकिने व्याख्या गरेको हो ।
क्याथोलिक बहुल तथा सामाजिक रूपमा रूढिवादी मानिने फिलिपिन्समा समलैंगिक विवाह अवैध छ । यो देश भ्याटिकनबाहेक विश्वकै एकमात्र यस्तो राष्ट्र हो, जहाँ सम्बन्धविच्छेदसमेत कानुन छैन । यस कारण समलैंगिक जोडीहरू सम्पत्ति, आर्थिक अधिकार र स्वास्थ्य सेवामा कानुनी संरक्षणबाट वञ्चित रहँदै आएका थिए ।
मंगलबार सार्वजनिक गरिएको फैसलामा मनीलाको उपनगरस्थित घर बेच्ने विषयमा विवाद भएका दुई महिलाको मुद्दा संलग्न थियो । तल्लो र पुनरावेदन अदालतले सम्पत्ति विभाजनको माग अस्वीकार गरे पनि सर्वाेच्च अदालतले फेब्रुअरी ५ मा ती निर्णय उल्ट्यायो । अदालतले एक साझेदारले खरिद र नवीकरण खर्चको ५० प्रतिशत तिरेको कागजातलाई मुख्य आधार बनायो । घर खरिद प्रक्रियालाई सरल बनाउन सम्पत्ति एक जनाको नाममा मात्र दर्ता गरिएको थियो ।
अदालतले ‘फ्यामिली कोड’को धारा १४८ (कानुनी रूपमा विवाह गर्न नसक्ने तर सँगै बस्ने व्यक्तिहरूको सम्पत्ति सम्बन्ध) लिङ्गका आधारमा भेदभाव नगर्ने भन्दै समलैंगिक जोडीमा पनि लागु हुने ठहर गर्यो । यो प्रावधान लागू नगरे वैध घनीष्ठ सम्बन्धका केही रूपहरू कानुनी रूपमा अदृश्य हुने न्यायाधीश मार्भिक लिओनेनले बताएका थिए ।
अदालतले सरकार र संसद्लाई समलैंगिक जोडीका अधिकार सम्बोधन गर्न पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण